|

काठमाडौं : गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ की छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ।   म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ।  कोरियोग्राफि शिशिर खातीले गरेका छन्। 

शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। गीत श्री ईश्वरी प्रडक्सनबाट सार्वजनिक गरिएको छ।

गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.