|

काठमाडौं : नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन्। पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत निर्वाचनमा मैनाली दोस्रो कार्यकालका निर्वाचित भएका हुन्। 

५९२ मतमध्ये उनले ३४५ मत प्राप्त गरे। उनका प्रत्यासी बुद्धिबहादुर प्रधानले २३७ र माधवप्रसाद तिवारीले १० ल्याए। 

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रूपा सापकोटा निर्वाचित भएका छन्।

बुधबार शुरु भएको आठौँ जिल्ला अधिवेशनमा  विभिन्न ३१ पदमा ८४ उम्मेदवार विजयी भएका छन्। यसमध्ये २८ जना सर्वसम्मत निर्वाचित भए।

अधिवेशनमा कुल ६१७ प्रतिनिधि सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.