|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ५९ अंकले ओरालो लागेर २ हजार ७३ दशमलव १९ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १५ अंकले ओरालो लागेर ३६८ दशमलव १८ मा सीमित भएको छ। 

१ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँमा कारोबार भयो। 

नेप्सेका अनुसार इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

भगवती हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले कमाएका छन्। 

बुद्धभूमि नेपाल हाइड्रोपावर १०, पोखरा फाइनान्स ७ दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर ५ दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ५२ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.