|

काठमाडौं : सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगोको मुस्लो देखा पर्‍यो। आगोको मुस्लो देखिएपछि तत्काल वारुण यन्त्र (दमकल) पुग्यो।

दमकलले आगो निभायो। विमान दुर्घटनामा परेको खबर आएपछि एम्बुलेन्स पनि समयमा नै पुग्यो। विमानमा रहेका यात्रुहरूलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगियो।

यो दृश्य वास्तविक भने होइन।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्रले विमानस्थलमा आपतकालीन उद्धारको अभ्यास गरेको हो।

 अन्तराष्ट्रिय मापदण्ड तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आपतकालीन योजना २०२२ मा भएको व्यवस्था अनुरूप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पूर्णस्तरको आपतकालीन अभ्यास प्रदर्शन भएको हो।

(हेरौं केही तस्वीर)

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.