|

काठमाडौँ : सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टोली तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो। नेपालले सन् २०२७ को आईसीसी यू-१९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दै छ। 

सोही विश्वकपलाई मध्यनजर गरी सीजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ। 

पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको हो। 

पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

साथै लिमिटेडले वाई वाई चाउचाउले नेपाल दोस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउन र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थनस्वरुप ‘वाइ वाइ क्रिकेट स्पेशल एडिशन प्याकेज’ ल्याएको पनि आयोजकले जनाएको छ।

वाइ वाइको यस विशेष प्याकेजले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन मिल्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.