|

काठमाडौं : पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ। 

मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान  सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ। विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो।

विमानमा उपराष्ट्रपतिसहित १०जना सवार थिए।

विमान मजुजुमा अवतरण गर्नुपर्ने थियो। मजुजु मलावीको उत्तरी क्षेत्र हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.