|

काठमाडौँ : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्ने बारेमा सोच्ने बेला भएको बताएका छन्।

मंगलवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको पालनपोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेको उल्लेख गरे। 

उनले एक पटक सर्वदलीय सरकारको गठन गरेर संविधान संशोधन गर्न आवश्यक रहेको पनि जानकारी दिए। मिसन ०८४ भनेको उमेर पुगेका मान्छेलाई रिटायर गर्ने कुरा जस्तो लागेको पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.