|

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
 

न्यायाधीश दुर्गा भुसालको इजलासले आज  निलम्बित जिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्ष कैद र तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। 

यसअघि न्यायाधीश भुसालकै इजलासले यही जेठ १३ गते निलम्बित न्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो। आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.