|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी भित्र वैचारिक मतभेद नभएको दावी गरेका छन्।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टीभित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उनको तर्क थियो ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वैचारिक मतभेद रहेको छ नि ? भनेर प्रश्न गरेका थिए। 

त्यसको जवाफमा उपाध्यक्ष पाण्डेले सबै नेताहरु मिलेर महाधिवेशनमा पस्तुत गर्नका लागि एउटै दस्तावेज बनाएकाले त्यसो भन्न नसकिने बताए। 

उनले नेताहरुबीच पार्टी नेतृत्वका लागि पहल हुनुलाई भने स्वभाविक रुपमा लिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.