|

दमक : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुन बनाउने काम सहज नभएको बताएका छन्।

प्रदेशसभा सचिवालयले झापाको गौरादहस्थित नमूना कृषि सहकारीको भवनमा आज आयोजना गरेको  ‘प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था’ विषयक कार्यक्रममा उनले कानुन निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको औँल्याए।

कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानुन संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उनले संविधान अध्ययन गरेर आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए। कानुन बनाउने काममा गम्भीर हुन उनको आग्रह छ । उनले कानुन बनाउँदा शब्दशब्दमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।

पढेर मात्रै कानुन बनाउन नजानिने भएकाले कानुन बनाउने काम सबैभन्दा कठिन भएको मुख्यमन्त्री कार्कीको धारणा छ । 
कानुन निर्माणका लागि सङ्घीयता आएको पछिल्लो छ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै उनले भने, “सुशासनका लागि पनि कानुन अति आवश्यक भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ।” 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.