काठमाडौं : काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्नेछ।
बुधबार ३४.४ डिग्री सेल्सियस मापन भएको थियो। मौसमविद् गोविन्द झाका अनुसार स्थानीय वायुको प्रभावले उपत्यकामा अपराह्नतिर केही स्थानमा छिटफुट वर्षाको सम्भावना छ। शनिबारदेखि आंशिक बदली हुनेछ।
मनसुन भित्रिन भने अझै केही दिन लाग्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।