|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।

केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिले तयार गरेको राजनीतिक कार्यपत्र र प्रतिवेदन पेश हुनेछ।  यसअघि बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिवेदन तयार पारेको थियो। 

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र र  संगठनसम्बन्धी महामन्त्री राजाराम बर्तौलाको प्रतिवेदन पेश हुनेछ। यस्तै कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन, सुशासन विभाग प्रमुख राजन चौलागाईँको भ्रष्टाचार निवारण नागरिक आयोगसम्बन्धी अवधारणापत्र पनि पेश हुने राप्रपा नेपालले जनाएको छ। 

बैठक शुक्रबार समापन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.