|

काभ्रेपलाञ्चोक : नेकपा एमाले काभ्रेपलाञ्चोकको राजन भुर्तेल निर्वाचित भएका छन्। प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै उनी विजयी भएका हुन्। भुर्तेलले ३८० मत प्राप्त गरे। 

जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन्। 

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी १०५  जना निर्वाचित भएका छन्। 

मतदानमा छ सय ७९ जना सहभागी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.