|

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-२ सर्देवामा करेन्ट लागेर बिहीबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ का ३१ वर्षीय बाबुराम घर्ती रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

जय दुर्गे कन्ट्रक्सन अर्घाखाँची विद्युत्‌मा उनी कार्यरत थिए। फलामको पोलमा चढेर काठको पोलबाट फलामको पोलमा तार तान्ने क्रममा उनलाई बिहान सवा ८ बजे करेन्ट लागेको थियो।

घर्तीको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.