|

काठमाडौं : आईसीसी टी-२० विश्वकप अन्तरगत समूह सीमा अहिले अफगानिस्तान र पपुवा न्यूगिनी (पीएनजी)को खेल जारी छ। 

ब्रायन लारा स्टेडियम ट्रिनिडाडमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको पीएनजीले अफगानिस्तानलाई ९६ रनको लक्ष्य दिएको छ। 

१९ दशमलव ५ ओभर खेलको पीएनजीले सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। पीएनजीका किप्लिङ डिगोराको २७ रन नै सर्वाधिक रह्यो। यस्तै एइल नायोले १३ तथा ओपनर टोनी उराले ११ रन जोडे। पीएनजीले २५ रन अतिरिक्त पाएको थियो। 

पीएनजीलाई सस्तैमा समेट्न अफगानिस्तानका फजल हक फारुकले ३ तथा नाजिम उल हकले २ विकेट लिए। 

समूह सीमा रहेको अफगानिस्तानले आजको खेल जिते सुपर एटमा प्रवेश गर्नेछ।  यो समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.