|

काठमाडौं :  नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्।

काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी हिरा एसी २०२ मत ल्याए।

११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए। गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो। अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए।

निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याएका थिए। 

११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यस पटकको १२औं जिल्ला अधिवेशनमा भने  उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। सचिवमा धर्म विश्वकर्मा विजयी भए। विश्वकर्माले ३७१ मत पाउँदा उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाएका छन्।

सहसचिवमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी ओम कार्कीको पक्षमा २१६ मत परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.