|

काठमाडौँ : कोशी प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकलाई विशेष भत्ताको व्यवस्था गर्ने भएको छ।

आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले शनिवार प्रस्तुत गरेको आगामी वर्षको वार्षिक बजेटमा विशेषज्ञ चिकित्सकलाई विशेष भत्ता दिनका लागि ६ करोड ८४ लाख बजेट विनियोजन गरेको बताए।

यस्तै कोशी प्रदेशले नि:सन्तान दम्पतीलाई नि:शुल्क उपचार  दिने भएको छ। जसका लागि कोशी सरकारले १ करोड १० लाख बजेट विनियोजन गरेको छ। 

प्रदेश मातहतका अस्पतालबाट गर्भवती परीक्षणका साथै १० वर्ष मुनिका लक्षित वर्गका बालबालिकालाई निःशुल्क उपचारका लागि ४ करोड २९ लाख विनियोजन गरेको छ। 

वृद्धवृद्धा तथा असहायसँग स्वास्थ्य कार्यक्रमअन्तर्गत वृद्धाश्रम, मठमन्दिर, धर्मशाला, मानवसेवा आश्रमआदिमा निरन्तर आश्रित नागरिक साथै द्वन्द्व प्रभावित, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवाको पहुँचमा ल्याउन २ करोड २० लाख बजेट विनियोजन गरेको छ।कोशी प्रदेशले स्वास्थ्य सेवातर्फ आगामी आवका लागि ३ अर्ब ५८ करोड विनियोजन गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.