|

काठमाडौँ : संघीय संसद् सचिवालयका कर्मचारीहरूले अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग पूरा नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले बैठकमा कुनै ठोस सहमति हुन नसकेको बताए। 

उनले आफूहरूले पाउने सेवा, सुविधा समयानुकूल बनाउनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने पनि बताए। उनले आफूहरूको आन्दोलन फिर्ता नभएको स्पष्ट पारे।

‘उहाँहरूले अर्थ मन्त्रालयसँग समन्वय गरेर जानकारी गराउँछौँ भन्नुभएको छ। कुनै ठोस सहमति पनि भएको छैन। हाम्रो आन्दोलन पनि फिर्ता भएको छैन‚’ बेल्वासेले भने, ‘५/६ करोड भयो भने वर्ष दिनलाई पुग्छ। धेरै पैसा पनि छैन।  हामी कति दिनसम्म श्रम शोषणमा रहने? सेवा, सुविधालाई समयानुकूल बनाउनु पर्‍यो।’

उनले आफूहरूसँग लिखित सहमति नभएसम्म कार्यालय समयभन्दा बढी काम नगर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.