|

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजबाट सुपर ८ को खेल शुरु भएको छ। 

सुपर ८ को खेलमा अहिले दक्षिण अफ्रिका र यूएसएबीच प्रतिस्पर्धा भइरहेको छ। एन्टिगाको नर्थ ग्राउन्डस्थित सर विविएन रिचर्डस् स्टेडियममा भइरहेको खेलमा टस जितेको यूएसएले फिल्डिङ गर्ने निर्णय गरेपछि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरिरहेको छ। 

ताजा अवस्थामा दक्षिण अफ्रिकाले ९ ओभरमा १ विकेटको क्षतिमा ९३ रन बनाएर खेलिरहेको छ।

दक्षिण अफ्रिकी ओपनर क्विन्टन डे ककले अर्धशतक बनाएर खेलिरहेका छन् भने रिजा हेन्ड्रिक्स ११ बलमा ११ रन बनाएर आउट भए।

यूएसएका सौरभ नेत्रावल्करले हेन्ड्रिक्सको विकेट लिए।

दक्षिण अफ्रिका समूह चरणको अपराजित टिम हो। विश्वकपमा पहिलोपटक सहभागी भएको यूएसएले समूह चरणमा भारतसँगको खेल हारे पनि पाकिस्तानलाई पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.