|

विराटनगर : अनुशासन  तथा सवारी दुर्घटना न्यूनीकरणको लागी प्रदेश स्तरीय ट्राफिक सप्‍ताह २०८१ को शुभारम्भ भएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि प्रदेश स्तरीय ट्राफिक सप्‍ताह शुभारम्भ भएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा रोडशेष चोकबाट प्रभात फेरी शुरु भई महेन्द्र चोक हुँदै विराटनगरको सिटी हलमा पुगेको थियो। ​

तीव्र गति जीवन क्षति, ट्राफिक नियम जानौँ पनि मानौँ पनि,  आफ्नो लेन चिनौँ, सहि लेनमा हिँडौँ, सिट क्षमताभन्दा बढी यात्रा नगरौँ भन्ने मुल नाराका साथ  एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले समेत विशेष कार्यक्रमहरूको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा ट्राफिक सप्‍ताहको शुभारम्भ गरिएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.