|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेका हुन्।

उनले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल छ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठलगायत पर्वतारोहीलाई खादा लगाई सम्मान गरे।

अध्यक्ष ओलीले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रेन्च नागरिक मौरिस हर्जोगलाई भेटेर सम्मान गर्न आफू पेरिस गएको स्मरण गर्दै पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताए।

कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट०का अध्यक्ष विनोद श्रेष्ठलगायतको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.