|

काठमाडौँ : आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत अहिले बार्बाडोसको ब्रिजटाउनमा भइरहेको खेलमा भारतले अफगानिस्तानलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ।

ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै ८ विकेट गुमाएर १८१ रन बनाएपछि अफगानिस्तानले १८२ रनको लक्ष्य पाएको हो।

भारतका लागि ओपनिङ गरेका कप्तान रोहित शर्माले ८ रनमात्र बनाउन सके भने अर्का ओपनर विराट कोहली पनि २४ रन बनाएर आउट भए।

भारतका लागि सर्वाधिक व्यक्तिगत स्कोर गरेका सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले। उनले २८ बल खेलेर ३ छक्का र ५ चौका हान्दै ५३ रन बनाए।

हार्दिक पाण्ड्याले ३२ र रिषभ पन्तले २०‚ अक्षर पटेलले १२ र शिवम दुबेले १० रन बनाए। भारतले १५ अतिरिक्त रन पायो।

अफगानिस्तानका लागि कप्तान राशिद खान र फजलहक फारुकीले ३/३ विकेट तथा नविन उल हकले १ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.