काठमाडौं : हिमालयन चेस एकेडेमीको आयोजनामा गोल्डेनगेट एसईई कप- २०२४ शनिबारदेखि हुने भएको छ।
यसैपालि एसईई (माध्यमिक शिक्षा परीक्षा ) दिएका करिब १०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले
जानकारी दिइन्।
गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने तीन दिने प्रतियोगितामा ओपन र गल्र्स गरी दुई क्याटगोरीमा प्रतिस्पर्धा सञ्चालन गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीकी अध्यक्ष खम्बूले बताइन् ।
उनका अनुसार प्रतियोगिताको विजेतालाई समान १० हजार, उपविजेतालाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र दिइनेछ।
प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ। कलेजकी निर्देशक सैल सुमन सिलवालका अनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन्।
गत फागुनदेखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० भन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको अध्यक्ष खम्बूले बताइन्। चेसका राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेको उनले जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।