|

काठमाडौं : आइसीसी टी-२० विश्वकप अन्तर्गतको सुपर एटमा बंगलादेशले अष्ट्रेलियालाई १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ। 

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेर बंगलादेशले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो। 
बंगलादेशका लागि कप्तान नाजमुल हुसेन सान्तोले सर्वाधिक ४१ रन बनाए। त्यस्तै तोहिद ह्दयले ४० रनको योगदान गरे। अन्य कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्। 

अष्ट्रेलियाका प्याट किमिन्सले ३ विकेट लिए भने एडम जाम्पाले २ तथा मिचेल स्टार, ग्लेन म्याक्स्वेल र मार्कस स्टोनिसले एक एक विकेट लिए। 

जारी विश्वकपमा अस्ट्रेलियाले समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो। त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी(२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.