काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो स्थापना दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू पुगेका छन्।
शुक्रबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका हुन्। विभिन्न नेता तथा विशिष्ट व्यक्तित्वहरू पुग्न तथा निस्किने क्रम जारी छ।
केन्द्रीय कार्यालयबाहेक पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाइएको रास्वपाले जनाएको छ। २०७९ साल असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन भई असार १७ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।