|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईवर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्।

कार्यक्रममा रास्वपाले आफ्नो चुनाव चिह्न घण्टी झुण्ड्याएको थियो र कार्यक्रममा सहभागी हुने नेताहरुलाई घण्टी बजाउनसमेत लगाएको थियो। अरु सबै नेताले घण्टी बजाए पनि ओलीले भने बजाएनन्‚ उनले हात हल्लाएर अभिवादन गर्दै रास्वपाका नेताहरुको घण्टी बजाउन गरेको अनुरोधलाई टारेका थिए। 

शुक्रवार रास्वपा स्थापना दिवसको दोस्रो वर्षको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे। उनले भने, ‘शुभकामना छ। रास्वपाको दुईवर्षे कार्यकाल राम्रै छ।’

रास्वपाका सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा एमालेसँगको सहकार्यमा रास्वपा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आबद्ध रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.