|

दाङ : लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ।  

आज एक विज्ञप्ति निकालेर पार्टी लुम्बिनी प्रदेशकी प्रमुख सचेतक अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन्।

संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम  सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ। 

उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टी फुटेपछि प्रदेशमा रहेका २ जना प्रदेश सभा सदस्यले अशोक राई नेतृत्वको जसपा तर्फ लागेर दल रोजेका थिए।  

अहिले यादव नेतृत्वको जसपा नेपालमा लुम्बिनी प्रदेशका एक जना प्रदेश सभा सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.