|

मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने ४ जना विरामी भएका छन्।

आज राक्सिराङ गाउँपालिका–७ दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया पत्नी जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा विरामी भएका हुन्। 

बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.