|

काठमाडौँ : फुटबलर्स मिसन टुगेदरले सन् १९८८ सम्मका १०५ पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई कदर पत्रसहित सम्मान गर्ने भएको छ।

राष्ट्रको गौरवको रूपमा रहेका फुटबल खेलाडीको हौसला अभिवृद्धिका लागि सम्मान दिन लागेको बताइएको छ। संस्थाले पूर्व खेलाडी तथा खेलकर्मीका लागि स्वास्थ्य बीमाको कार्यक्रम पनि ल्याउन लागेको बताएको छ।

पहिलो वर्ष ११ जनाबाट गर्ने र पछि यसमा थप गर्दै लैजान संस्थाको योजना रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। संस्थाले यसअघि सन् १९७७ सम्मका पूर्व खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.