ललितपुर : असार लागेसँगै यतिबेला किसानहरू धान रोप्न व्यस्त छन्। वर्षापश्चात धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् ।
देशका अधिकांश फाँटमा किसानहरूलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइ नभ्याइ हुन्छ । ललितपुरको बुङ्गमती क्षेत्रमा किसानले पनि धान रोप्न सुरु गरिसकेका छन् ।
पानी ढिला पर्नुले धान रोप्न ढिला भएको किसानहरू बताउँछन्। ललितपुरको बुङ्गमती, खोकना धान राम्रो उत्पादन हुने क्षेत्र हो ।
(हेरौं बुङ्गमती क्षेत्रको रोपाइँका केही तस्बिर)
सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
तपाईंको ईमेल गोप्य राखिनेछ ।