|

काठमाडौं : मानिस जस्तै सबै प्राणीहरूले आफ्नो बच्चालाई उत्तिक्कै माया गर्दछन्। के पशु के पक्षी आफ्नो सन्तानका लागि उनीहरूले जस्तोसुकै दु:ख कष्ट सहेर पनि स्याहार सुसार गरिरहेको हुन्छन्।

मध्य असारको यतिबेला हरिया रूखहरूमा चराका विभिन्न आवाजहरू सुनिने गरेको छ। ती चराहरूमध्ये कागले वैशाखमा  तीन-चार वटासम्म अन्डा पार्छ। जुनसुकै प्रजातिको रूखमा गुँड बनाएर बस्न सक्ने यस चराले निश्चित उचाइ पाउनासाथ गुड बनाउन थाल्छ। २० फिट उचाइ पाए घुरपास, घाँसपात जम्मा गरेर गुड बनाउँछ।

भालेपोथी दुवै ओथारो बस्छन्। तीनदेखि ४ सातामा कागको अण्डाबाट बच्चा निस्किन्छन्। बच्चा निस्किएपछि भाले र पोथी दुवैले पालैपालो हेरचाह गर्छन्। घाम, पानी, झरी, बादल आदि जस्ता अनेकौ कष्टबाट जोगाउनुका साथै आफ्ना बच्चालाई आहारा ल्याएर खुवाउने मुख्‍य जिम्मेवारी उनीहरूको हुन्छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.