|

काठमाडौं : असार १५ अर्थात् राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव शनिबार मनाइएको छ।

साँच्चै किसानका लागि असार महिना खेतीपातीका लागि भ्याइनभ्याइ हुने गर्छ। धान रोप्न खेत खाली गर्नेदेखि मल बिउ पानीको जोहो गर्ने, रोपाहार लाठे जुटाउने कामका लागि किसानले निकै सास्ति खेप्ने गर्छन्।

तर धान दिवस र रोपाइँ महोत्सवका नाममा भिआइपीहरूले एक दिन खेतमा गएर धान रोपेजस्तो गर्ने चटक यसपटक पनि छुटेन।

सरकारको औपचारिक कार्यक्रम शनिबार चितवनमा राखियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारै पुगे र शनिबार बिहान जुत्ता लगाएर धान रोप्ने मेसिन चलाउन थाले । धानमा आत्मनिर्भर बन्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले किसानलाई मलबिउको अभाव नहुने भाषण गरे।

सोही कार्यक्रममा थिए बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल। अनौपचारिक पोशाकमा भए पनि जुत्ता लाएर हिलाम्मे खेतमा गएका उनले पनि धान रोप्ने मेशिन चलाए। प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्कट्टेल मेशिनबाट धान रोपिरहँदा पनि बुट लगाएका सुरक्षाकर्मीको घेराभित्रै देखिए।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि शनिबार रोपाइँ गरे। शीतल निवासभित्रै रोपाइँ गरेका पौडेल भने कोदाली बोकेर हिलोमा पसेको देखियो। नेपाली समाजमा असारमा एक दिन हिलोमा पस्नुपर्छ भन्ने मान्यता स्थापित छ। 

तर किसानका हकअधिकार र प्रोत्साहनका गफ गरेर नथाक्ने नेताहरूका यस्ता रोपाइँ रहरले भने वास्तविक किसानलाई कस्तो लाग्दो हो ? हेरौं केही तस्बिर 

चितवनमा कृषिमन्त्री ज्वालाकुमारी साह।​

नुवाकोटको कार्यक्रममा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल।

सुनसरीको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.