काठमाडौं : २०७८ असार १ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो। हेलम्बु गाउँपालिकामा पर्ने भोम्राथाङ्ग उपत्यकामा आएको पहिरोको कारण मेलम्ची खोलामा बाढी आएको थियो।
मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले २३ भन्दा बढी स्थानीयबासी बेपत्ता भएका थिए भने खोलामा आएको बाढीले ६० भन्दा बढी घर टहरा बगाएको थियो। मेलम्ची र हेलम्बुमा गरेर करोडौँको धनजनको क्षति भएको थियो।
मुख्य गरी बाढीले हेलम्बुदेखि चनौटे हुँदै मेलम्ची बजारसम्म क्षति पुराएको थियो। बाढी गएको दुई वर्ष बितिसक्दा पनि मेलम्ची, चनौटे बजारहरु पूर्ण शैलीमा फर्किन सकेका छैनन्।
केही तस्बिरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।