|

काठमाडौं : वर्षा र झरीसँगै काठमाडौंका सडकहरू हिलाम्मे हुन थालेका छन्। उपत्यका क्षेत्रका सडकहरूको काम कछुवाको गतिमा हुने गरेका कारण यस क्षेत्रका सडकको बेहाल छ।

हिजो मात्रै सोह्रखुट्टेको सडक भासिँदा चालक र मोटरसाइकल खस्‍न पुगेका थिए। चालकलाई तत्कालै उद्धार गरियो भने मोटरसाइकललाई डोजर ल्याएर निकाल्नुपरेको थियो।

विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि यतिबेला काठमाडौंका सडकहरूको हिलाम्ये छन्। पानी पर्दा खाडलमा पनी जम्मा भएर हैरानी बनाउने त घाम लाग्दा धुलो उडेर हैरानी खेप्‍नुपर्ने बाध्यता नै बनेको छ। यतिबेला

 यहाँका म्हेपी, गोंगबु र विष्णुमती कोरिडोर क्षेत्रका सडकहरूको हालत खराब छ। यी सडकहरूमा हिँड्डुल गर्न तथा आवतजावतमा यतिबेला अधिक समस्या हुने गरेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.