पाकिस्तानले गाजा पट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ।
पाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्री इशाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलूचले बिहीबार साप्ताहिक सञ्चारमाध्यममा उल्लेख गरेका हुन्।
प्यालेस्टिनी २०–३० को ब्याचमा विद्यार्थीहरू चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उनले बताए।
प्रवक्ताका अनुसार यो गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई मुटुरोग, हाडजोर्नी, अर्बुद रोग, बालरोग र शल्यक्रियासम्बन्धी शिक्षा पूरा गर्ने अवसर हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।