|

काठमाडौं :  हनुमन्ते खोला र टिकाथली आसपास क्षेत्रका साना खोला बढेर घरमा पसेको छ।  १४ घण्टादेखिको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको छ।

भारी वर्षाका कारण तटीय क्षेत्रमा बाढी  बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुर थिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुमवासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ। सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.