|

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि हुने बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रमुख सचेतक लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकाय खटाएर दुरुपयोग गरिएको बताए। उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताए। उनले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताए।

उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको बताए। संविधानको उचित समीक्षा गरी समसामयिक संशोधन गर्न आवश्यक रहेको बताए। मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको बताए। संविधानको समसामयिक संशोधन गर्न जरुरी रहेको बताए।

लेखकले भने, ‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौँ। धेरै नयाँ त होइन पुरानो प्रयोग नै हो। राजनीतिक स्थिरता कायम हुन सकोस्। मुलुकमा विकास र समृद्धिका विषय अघि बढून्। राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ। संविधानको समसामयिक संशोधन भन्दा कतिपय कमरेडलाई पश्चगमन लाग्छ। यो पश्चगमन होइन है। अग्रगमनका लागि गर्ने हो।’

प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउन राज्य सत्ताको दुरुपयोग गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.