काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज ३९ औं जगन्नाथ रथयात्रा महोत्सव शुभारम्भ गरेका छन्।
आज नेपाल अन्ताराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले उक्त रथयात्रा आयोजना गरेको हो।
नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापना गर्न उक्त रथयात्रा कमलादी-घण्टाघर दरबारमार्ग पुतलीसडक प्रदर्शनी मार्ग भद्रकाली-एनएसी‚ नयाँ सडक‚ वसन्तपुर‚ नयाँ सडक हुँदै टुँडिखेलमा समापन हुनेछ।
नेपाली इतिहासमा परापूर्व कालदेखि नै राजाको प्रमुख आतिथ्यमा रथयात्रा हुने गर्थ्यो। यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रपति पौडेलको उपस्थितिमा योपटक पनि रथयात्रा शुभारम्भ गरिएको हो।
रथयात्रासँगै भगवान् जगन्नाथलाई १०८ परिकार चढाइएको थियो। भारतको जगन्नाथ पुरीमा पनि आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।