काठमाडौं : यहाँको महानगरले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि अहिले काठमाडौंका विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन्। यति मात्र नभएर सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज हुँदै छ।
काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छन् भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ।
यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकबेटी दृष्टिविहीन व्यक्तिहरूका लागि हिँड्न सहज हुने गरी बनाइएको छ। काठमाडौं महानगरपालिका भित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजनाअनुसार निर्माण कार्य धमाधम भइरहेको छ।
केही तस्बिर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।