|

काठमाडौं :  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने रुस भ्रमणमा छन्। 

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि मोदीले पहिलो विदेश भ्रमणका रुपमा उनी रुस पुगेका हुन्। 

यसअघि छिमेकी राष्ट्रको भ्रमणलाई प्राथमिकतामा राखेका मोदीले यसपटक रुसलाई आफ्नो गन्तब्य बनाएका हुन्।  

रुस युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक मोदी रुस प्रस्थान पुगेका हुन्।  उनी आजसम्म रुसमा रहने छन्। 

राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औँ भारत–रुस शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ गएका हुन्।  पछिल्ला तीन वर्षयता दुवै देशबीच कुनै दुईपक्षीय औपचारिक वार्ता भएको छैन। 

दुई शक्तिशाली नेताबीच दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने रुसले जनाएको छ।

त्यस्तै दुवै नेताबीच उर्जा र व्यापारका क्षेत्रमाथिसमेत छलफल भएको रुसी सञ्चारमाध्यम तासले जनाएको छ।  मोदीले रुसमा रहेका भारतीयसँग भेटवार्ता गरेका छन्। 

मोदीलाई मस्को विमानस्थलमा रुसी सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो। रुस भ्रमण समेर मोदी आज अष्ट्रिया प्रस्थान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.