|

दमौली : तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार रातिदेखिको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा  पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।  

तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा, व्यास नगरपालिका-१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका-६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। 

याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि  रुख ढलेर पुन राजमार्ग अवरुद्ध भएको छ। निर्माणाधीन मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

यस्तै बन्दीपुर गाउँपालिका-५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ। पहिरोका कारण व्यास-१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। 

यस्तै व्यास-१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ। पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ। डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै पहिरोका कारण म्याग्दे-६ मौरीओडारखण्ड अवरुद्ध भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.