काठमाडौँ : देशभर रहेका करिब ३० हजार कैदीबन्दीको स्वास्थ्य अवस्थाको विवरण केन्द्रीय कारागार अस्पतालले संकलन गर्ने भएको छ। साउनको दोस्रो हप्तामा अस्पतालको वार्षिक प्रतिवेदन, देशभर सुधारगृहमा रहेका कैदीबन्दीको दीर्घरोग लगायतका स्वास्थ्य अवस्था संकलन गर्न लागेको हो।
कारागार अस्पतालले ७२ जिल्लाका ७५ वटा कारागार कार्यालयमा रहेका सबै सुधारगृहमा स्वास्थ्यकर्मीको दरबन्दी र सेवा प्रवाह, उनीहरूको अवस्था तथा कैदीबन्दीको स्वास्थ्य सेवा प्रवाह तथा व्यवस्थापन र प्रेषणमा परेका समस्यालगायतका विषयमा अध्ययन गरिने केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
समग्र कारागार स्वास्थ्य सुधारका लागि नीति निर्माता तथा एक हजार बढी कैदीबन्दी भएका कारागार कार्यालयका प्रमुखसँग समेत विश्लेषणात्मक लेखको माग गरिएको डा. बुढाथोकीले जानकारी दिए।
उनले कारागार व्यवस्थापन विभागले तयार पार्दे गरेको पीएमआईएस प्रणालीलाई पनि यसले सहयोग गर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।