|

काठमाडौं : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदै छ।

सो अवसरमा उनका रचना वाचन गर्ने गरिन्छ। आदिकवि आचार्यको जन्मजयन्तीमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ। आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रश्तुत गरेका थिए।

आदिकविले रचना गरेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.