विश्वमा २८ करोड मानिस डिप्रेशनको शिकार

|

काठमाडौँ : अमेरिकामा कार्यस्थलमा मानसिक स्वास्थ्य गम्भीर मुद्दा बनिरहेको पाइएको छ। द कन्फ्रेन्स बोर्डको एक सर्वेक्षणअनुसार काम गर्ने तरिका र दबावले अमेरिकामा ३५ प्रतिशत कर्मचारी डिप्रेशनका शिकार छन्। संसारभर २८ करोड मानिस विभिन्न कारणले डिप्रेशनको शिकार भएका छन्।

कार्यस्थलमा हुने डिप्रेशनका केही लक्षण तुरुन्त थाहा पाइन्छ तर कैयौँ यस्ता लक्षण पनि हुन्छन् जसलाई सामान्य मानेर नजरअन्दाज गरिन्छ। यसमा काम गर्ने बानी पनि सामेल छ। काम गर्ने बानीबाट समेत डिप्रेशनको लक्षण थाहा पाउन सकिन्छ। बिना रोकावट काम गर्नु र घर जान मन नगर्नुलाई कार्यस्थलमा हुने डिप्रेशनको एउटा लक्षणका रूपमा हेरिएको छ।

धेरै काममा ध्यान दिएर व्यक्तिगत समस्याबाट बच्न खोज्नु डिप्रेशनको संकेत हुन सक्छ। सहकर्मीसँग दूरी बनाउनुलाई पनि डिप्रेशनको संकेत मानिन्छ

सहकर्मीसँग दूरी बनाउने र बैठकमा भाग नलिने गर्न थाले डिप्रेशनको संकेत हुन सक्छ। सहकर्मीसँगको दूरीले कार्यक्षमतालाई प्रभावित गर्छ र यसले एक्लोपन महसुस गराउन सक्छ।

ढिलो अफिस आउनु, समय व्यवस्थापनको समस्या, केन्द्रित हुन नपाउनु र कामप्रति उदासीनताजस्ता कुराले पनि मानसिक स्वास्थ्यमाथि ध्यान दिन जरुरी रहेको देखाउँछ। मनोचिकित्सक गार्सियाका अनुसार कार्यस्थलमा डिप्रेशनको लक्षण आफूमाथि हावी हुनुभन्दा पहिले त्यसलाई पहिचान गरेर चिकित्सकसँग परामर्श गर्न जरुरी छ। यो समस्यालाई समाधान गर्नु व्यक्तिगत र पेशागत जीवन दुवैका लागि महत्त्वपूर्ण हुन्छ। 

काममा रुचि नहुन पनि कार्यस्थलमा हुने डिप्रेशनको अर्को संकेत हुन सक्छ। काम गर्ने रुचि हराइसकेको छ, स्क्रीनमा केवल नजरमात्रै लगाइरहनुभएको छ र महत्त्वपूर्ण कार्यलाई नजरअन्दाज गरिरहनुभएको छ भने यो पनि डिप्रेशनको लक्षण हुन सक्छ। जब कामप्रति रुचि गुम्छ, त्यसले उत्पादकत्व कम हुन्छ र आफ्नो कामलाई टाल्न सुरु हुन्छ। यसैगरी समयमा कामलाई पूरा गर्न नसक्नुलाई पनि कार्यस्थलमा हुने डिप्रेशनको शिकार हुन सक्छ।

कम्पनीहरूले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ। डिप्रेशन पहिचान गर्न स्क्रीनिङ कार्यक्रम र जागरण अभियान चलाउनुपर्छ। ताकि कर्मचारीहरू आफ्नो मानसिक स्थितिलाई सम्झन सकून् भन्ने हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.