|

बागलुङ : बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ। आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन्। 

खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन। 

उपभोक्ता कमल खड्काका अनुसार बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भुदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको भए पनि असार २६ गते खहरेखोलामा आएको बाढीले भुदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको झनै समस्या भएको छ। 

बागलुङ बजारवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने गरी काठेखोलाको कैलामपोखरीमा निर्माण गरिएको लिफ्ट योजना पाँच वर्षमा सम्पन्न भएको छैन। 

बर्खाको समयमा पानी शुद्धीकरण गरेर पठाउने व्यवस्था गरिए पनि भुदीखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.