|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले भद्रकाली मन्दिर पुरानै परम्परागत नेवारी शैलीमा निर्माण शुरु गरेको छ।

काठमाडौँ महानगरकी नगर उपप्रमुख सुनिता डंगोलले बिहीवार शिलान्यास गर्दै निर्माण शुरु गरिएको छ। मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ। झिँगटीको छानो हुनेछ।

उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा ब्लक आपसमा जोडिएका हुनेछन्। यसैगरी दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन्।

यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्ग फिट हुनेछ। यसको डिजाइन शहरी योजना आयोगले तयार पारेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.