९ अर्बको कारोबार

|

काठमाडौँ : शेयर बजारमा लामो समयपछि नेप्सले ठूलो फड्को मारेको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ७० भन्दा धेरै अंकले बढेर २ हजार ३ सयको बिन्दु पार गरेको छ।

यो दुई वर्षयताको उच्च विन्दु हो। यसअघि २०७९ वैशाख २९ गते नेप्से २ हजार ३५० दशमलव ४२ बिन्दुमा बन्द भएको थियो। त्यसयता नेप्सेले २ हजार ३ सयको बिन्दु पार गर्न सकेको थिएन। 

मंगलवार परिसूचक ७० दशमलव १८ अंक अर्थात् ३ दशमलव १३ प्रतिशतले बढेर २‚३१० दशमलव ५९ बिन्दुमा उक्लिएको छ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२ दशमलव ३३ अंकले बढेर ४०९ दशमलव ५१ बिन्दु मा पुगेको छ भने फ्लोट इन्डेक्स ५ दशमलव ०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ३३ अंकले बढेको छ।  

मंगलवार ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर १ लाख १९ हजार ११ पटक कारोबार भए। 

आज कारोबार अवधिभर २३४ कम्पनीको शेयर हरिया भए। सिन्धु विकास वैंक, बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रोलगायत कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो।

ङादी ग्रुप पावर लिमिटेड २१ करोड ७७ लाख ४९ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्दै कारोबारका आधारमा शीर्ष स्थानमा रह्यो।     
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.