नवलपुर : नवलपुरमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु भएको छ।
मध्यविन्दु नगरपालिका ६ भडरा बस्ने टोलकुमारी महतोका १४ वर्षीय छोरा आर्यन महतोलाई आफ्नै घरमा खेल्ने क्रममा सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई उपचारको लागि कालीगण्डकी अस्पताल लगिएको र थप उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।
यस्तै नवलपुरको कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत रहेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो।
कावासोती–१७ का २७ वर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज बिहान पुल मुनी मृत भेटिएको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।