|

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आज पनि फड्को मारेको छ। आज नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर २ हजार ३६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १ लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ७ दशमलव ३० प्रतिशतले बढेको छ। 

आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै ९ दशमलव ९० प्रतिशतले घटेको हो।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार ८८४ कित्ता शेयर किनबेच भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.