|
फाइल तस्वीर

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौमा महिला लिग २०२४ आयोजना गर्ने निर्णय गरेको छ।

एन्फाको आज बसेको भर्चुअल बैठकले आगामी भदौ १६ गतेदेखि उक्त लिग गर्ने निर्णय गरेको हो। एन्फाले प्रतियोगिता गर्ने स्थानको भने टुंगो लगाइसकेको छैन। 

प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, बागमती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ। 

एन्फाले महिला लिगको तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ। 

एन्फाको आज बसेको भर्चुअल बैठकले महिला लिगको सन् २०२४ देखि २०२६ सम्मका लागि ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गरेको हो। 

एन्फाले सन् २०२४ का लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ, सन् २०२५ छनोटका लागि ८१ लाख ७३ हजार ५७१ रुपैयाँ, महिला लिग २०२५ का लागि २ करोड ५२ लाख ७२ लाख ७ लाख ९५ रुपैयाँ, महिला लिग २०२६ छनोटका लागि ९१ लाख ९३ हजार २१४ रुपैयाँ र महिला लिग २०२६ का लागि २ करोड ५६ लाख ५५ हजार २९५ रुपैयाँ छुट्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.